७ मंसिर, २०८१ शुक्रबार

09:15:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पाको खुद नाफा ३७.२५ प्रतिशतले बढ्यो

Nepal Business

२८ बैशाख, २०७९

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ६४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको

जाल्पाको खुद नाफा ३७.२५ प्रतिशतले बढ्यो

काठमाण्डौं । हालै मात्र नेप्सेमा सूचीकृत जाल्पा सामुदायिक लघुवित्तको खुद नाफा बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा जाल्पाले ३७.२५ प्रतिशत खुद नाफा कमाएको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ६४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म ६ करोड २९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी ५७.४३ प्रतिशत र सञ्चालन नाफा ९१.९४ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार आएको हो । 

यस्तै जाल्पाले निक्षेप सञ्कलन र कर्जा लगानी पनि विस्तार गरेको छ । आइपीओ बिक्री गरी चुक्ता पुँजी १६ करोड रुपैयाँ पुर्याएको छ ।

जगेडा कोषमा ४४.९३ प्रतिशत बढ्दा ३८ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ ।

जाल्पाको वार्षिक प्रतिसेयर आम्दानी ७२ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ ३४१ रुपैयाँ २८ पैसा छ ।