७ मंसिर, २०८१ शुक्रबार
08:46:56 PM
२८ बैशाख, २०७९
काठमाण्डौं । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेको छ । लामो अवधिको प्रतिक्षापछि कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो ।
विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ बराबरको १ः१४७५२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति दिएको छ ।
कम्पनीले सबै प्रकृया पुर्याएर छिट्टै सेयर धनीहरुलाई हकप्रद सेयर जारी गर्ने जनाएको छ ।