७ मंसिर, २०८१ शुक्रबार
08:49:41 PM
२८ बैशाख, २०७९
कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि ल्याएको
काठमाण्डौं । रिभर फल्स पावरले आज बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।
लगानीकर्ताले आइपीओ खरिदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको हो ।
कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि ल्याएको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
यस मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ पतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यस आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।