२३ बैशाख, २०८१ आइतबार

08:31:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैशाख ३० गते लुक्ला जाने विदेशी पर्यटकलाई उडान सेवा दिइने

Nepal Business

२७ बैशाख, २०७९

वैशाख ३० गते लुक्ला जाने विदेशी पर्यटकलाई उडान सेवा दिइने
 काठमाण्डौ । वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंबाट लुक्ला जान टिकट काटेका विदेशी पर्यटकलाई उडान सेवा दिइने भएको छ ।
 
समिट एयरले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । कम्पनीले टिकट जारी भएका एजेन्टहरुले पर्यटकलाई विमानस्थलसम्म लैजाने व्यवस्था मिलाएर सहजीकरण गर्न समेत आग्रह गरेको छ ।
 
यस दिन उद्धार उडान र सरकारले तोकेका उडानहरुबाहेक अन्य नियमित आन्तरिक उडान गर्न मिल्दैन। वायुसेवा संचालक संघले यसबारे यात्रुलाई सूचित गरेको छ ।