२३ बैशाख, २०८१ आइतबार

06:31:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता हुने, ४० जना राइडर्स रारा पुग्ने

Nepal Business

५ बैशाख, २०८०

आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खडाले कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि रु आठ लाख बजेट लाग्ने अनुमान गरिएको सिम्खडाले बताउनुभयो ।

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता हुने, ४० जना राइडर्स रारा पुग्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ ।

त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिनुभयो ।

त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिनुभयो ।

आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खडाले कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि रु आठ लाख बजेट लाग्ने अनुमान गरिएको सिम्खडाले बताउनुभयो ।

एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङमा १८ वर्षमाथि उमेरकालाई मात्र भाग लिन दिइने बताउनुभयो । “अहिलेसम्म १२ जना बुलेट राइडर्सले नाम दर्ता गरिसकेका छन् । 
हामीले २० जना राइडर्सलाई दर्ता गराएर ४० जनालाई रारातालमा पु¥याउने योजना बनाएको छौँ”, उहाँले भन्नुभयो, “त्यसभन्दा माथि जति थपिँदै गए पनि उनीहरुलाई यो प्रतियोगितामा सहभागी गराउँछौँ ।”