७ मंसिर, २०८१ शुक्रबार

08:49:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बानियाँ निर्माण सेवा कम्पनीले पायो, ‘डबल बी र एफोर रेटिङ’

Nepal Business

२७ बैशाख, २०७९

कम्पनीलाई आठ अर्ब ७५ करोडभन्दा बढीको बैंकिङ कर्जाका लागि केयर नेपालले रेटिङ प्रदान गरेको

बानियाँ निर्माण सेवा कम्पनीले पायो, ‘डबल बी र एफोर रेटिङ’

काठमाण्डौं । निर्माण कम्पनी बानियाँ निर्माण सेवा प्रालिले डबल बी र एफोर रेटिङ् पाएको छ । कम्पनीलाई आठ अर्ब ७५ करोडभन्दा बढीको बैंकिङ कर्जाका लागि केयर नेपालले रेटिङ प्रदान गरेको हो । 

केयर नेपालका अनुसार ९१ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि डबल बी र सात अर्ब ८३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर रेटिङ दिएको छ । 

केयर रेटिङ्सद्धारा पाएको नयाँ रेटिङ्स अनुसार कम्पनीले एकवर्ष १२८ प्रतिशतले आफ्ना नाफा बढाएको छ ।

सरकारी आयोजनाहरुको ठेक्कामा कम्पनीले काम गर्दै आएको छ । कम्पनीको अध्यक्ष वागमति प्रदेशका सभाषद इन्द्रबहादुर बानियाँ हुनुहुन्छ । 

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले २०२१ मा दुई अर्ब २६ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।  

कोरोना महामारीको असर अघि २०१९ मा कम्पनीले एक अर्ब ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

क वर्गको निर्माण कम्पनी बानियाँ निर्माण सेवाले सडक, पुल, सिंचाईलगायतका पूर्वाधार निर्माणको काम गर्दै आएको छ ।