१६ कार्तिक, २०८१ शुक्रबार

01:11:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ४४.१६ अंकले बढ्यो, ३ कम्पनीमा सर्किट ब्रेक

Nepal Business

२७ बैशाख, २०७९

आज ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रुपैयाँको कारोबार भएको

सेयर बजार ४४.१६ अंकले बढ्यो, ३ कम्पनीमा सर्किट ब्रेक

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार बढेको छ । आज  मंगलबार सेयर बजार ४४.१६ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सेयर बजार बढदा नेप्से परिसूचक २३ सय १३ विन्दुमा पुगेर बन्द भएको छ । 

आज ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रुपैयाँको कारोबार भएको छ । 

यस्तै सबै उपसमुह बढेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसमुह ३.२७ प्रतिशतले बढेको छ । 

कम्पनीतर्फ भने आज जाल्पा, बरुण हाइड्रोपवार कम्पनी र न्यादी ग्रुप पावर लिमिटेडमा सर्किट ब्रेक लागेको छ ।