८ मंसिर, २०८१ शनिबार
12:45:16 AM
२७ बैशाख, २०७९
झुट्टा बिल भरपाई बनाई सो बिल अनुसार ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भुक्तानी दिने र लिने कार्य गरेका
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, लेखापाल र निर्माण व्यवसायीसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आयोगले मंगलबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
इन्जिनियर गोईत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल र निर्माण व्यवसायी भुपेन्द्र यादव, निर्माण व्यवसायी विजयकुमार यादव र ममतादेवी यादवले खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याइ भुक्तानी गरेको भन्ने अख्तियारमा उजुरी परेको थियो ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरेको पाईएको छ ।
उनीहरुले गलत विवरण समेतलाई समेटी झुट्टा बिल भरपाई बनाई सो बिल अनुसार ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भुक्तानी दिने र लिने कार्य गरेका थिए ।
आयोगका अनुसार ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख बिरुवा रोप्ने कार्य अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई उनीहरुले भुक्तानी गरेको पाईएको छ।
माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा आफुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्यसमेत गरेको देखिएको आयोगले जनाएको छ ।