७ मंसिर, २०८१ शुक्रबार

09:10:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनलाइन ट्रेडिङ सिस्टमको स्तरोन्नतिको लागि नेप्सेद्धारा पुनः आशयपत्र आह्वान

Nepal Business

२७ बैशाख, २०७९

आशयपत्र मुल्यांकन गर्दा नेप्सेले जनशक्तिको योग्यता र अनुभवलाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत, र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकको आधारमा मुल्यांकन गर्ने

अनलाइन ट्रेडिङ सिस्टमको स्तरोन्नतिको लागि नेप्सेद्धारा पुनः आशयपत्र आह्वान

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नतिको लागि पुनः आशयपत्र (एकप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) आह्वान गरेको छ । 

नेप्सेले मंगलबार सूचना जारी गर्दै  अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नतिको लागि पुनः आशयपत्र (एकप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) आह्वान गरेको जानकारी दिएको हो । 

सोका लागि नेप्सेले जेठ ११ गतेसम्म कम्पनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । 

नेप्सेले आशयपत्र आएपछि तिनीहरुको मुल्यांकन गरि उत्कृष्ट ६ वटा कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिने जनाएको छ ।
प्राविधिक र आर्थिक प्रस्तावको मुल्यांकनपछि ति ६ मध्ये उत्कृष्ट मध्ये १ कम्पनीले उक्त ठेक्का पाउने छ ।

आशयपत्र मुल्यांकन गर्दा नेप्सेले जनशक्तिको योग्यता र अनुभवलाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत, र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकको आधारमा मुल्यांकन गर्नेछ ।