७ मंसिर, २०८१ शुक्रबार

08:12:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोर्दी खोला जलविद्युतको आइपीओ खरिदका लागि म्याद थप, कहिलेसम्म दिन मिल्छ आवेदन ?

Nepal Business

२७ बैशाख, २०७९

कम्पनीले आइपीओ खरिद गर्ने म्याद थप गरी जेठ ५ गतेसम्मका लागि पुर्याएको

दोर्दी खोला जलविद्युतको आइपीओ खरिदका लागि म्याद थप, कहिलेसम्म दिन मिल्छ आवेदन ?

काठमाण्डौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ ।

कम्पनीले आइपीओ खरिद गर्ने म्याद थप गरी जेठ ५ गतेसम्मका लागि पुर्याएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि वैशाख १३ गतेदेखि २७ गते आजसम्मका लागि आइपीओ निष्काशन गरेको थियो ।

यस अवधिभित्र माग बमोजिम आवेदन नपर्ने देखिएकाले म्याद थप गरेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यो सेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म सेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यो आइपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।