२० बैशाख, २०८१ बिहिबार

02:00:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री महिन्दा राजापाक्षेको पदबाट राजीनामा

Nepal Business

२६ बैशाख, २०७९

श्रीलंकाली अखबारले आफ्नो अनलाइन खबरमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेको पदबाट राजीनामा

श्रीलंका । केही महिना अगाडिदेखि गहिरिंदो आर्थिक संकटबीच सरकार विरोधी प्रदर्शन चर्कि रहँदा श्रीलंकाका  प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिनु भएको छ ।

श्रीलंकाली अखबारले  आफ्नो अनलाइन खबरमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन  श्रीलंकामा लगाइएको देशव्यापी कर्फ्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

विद्यमान राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताउनु भएको थियो ।