७ मंसिर, २०८१ शुक्रबार

08:52:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा दोस्रो दिन पनि हरियाली, १२.२७ अंकले बढ्यो

Nepal Business

२६ बैशाख, २०७९

आज ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रुपैयाँको कारोबार भएको

सेयर बजारमा दोस्रो दिन पनि हरियाली, १२.२७ अंकले बढ्यो

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार १२.२७ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार बढ्दा नेप्से परिसूचक २२ सय ६८.८४ विन्दुमा पुगेर बन्द भएको छ । प्रि–ओपनिङमा सेयर बजार १४.०७ अंकले बढेको थियो ।

कारोबार सुरुभए देखि बजारमा उतारचढाव देखियो । 

यस्तै आज ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रुपैयाँको कारोबार भएको छ । 

यसैगरी उपसमुहतर्फ होटल एण्ड टुरिजम, विकास बैंक, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट घटेका छन् भने बाँकी उपसमुह बढेका छन् । 

कम्पनीतर्फ भने जाल्पामा आज पनि सर्किट ब्रेक लागेको छ । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड ७.७७ प्रतिशत र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड ६.२७ प्रतिशतले बढेका छन् । 

साताको दुई दिन बढेको सेयर बजारलाई देखेर लगानीकर्तामा अब बजार उकालो लाग्छ कि भन्ने झिनो आशा पलाएको छ ।