८ मंसिर, २०८१ शनिबार

12:13:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले पूँजीगत खर्च गर्न अझै बाँकी, के समयमै सकिएला ?

Nepal Business

२६ बैशाख, २०७९

सरकारले वैशाख २५ गतेसम्म १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको

सरकारले पूँजीगत खर्च गर्न अझै बाँकी, के समयमै सकिएला ?

काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको करिब १० महिना सकिन लाग्दा पनि पूँजीगत खर्च गर्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको वैशाख २५ गतेसम्म पूँजीगत खर्च ३०.४५ प्रतिशत मात्र भएको छ । 

चालू आवमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। तर लक्ष्य अनुसारको खर्च भने हुन सकेको छैन ।

सरकारले  वैशाख २५ गतेसम्म १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

सरकारले बाँकी दुई महिनामा दुई खर्ब ६२ अर्ब ९८ करोड रुपैयाँ पूँजीगत खर्च गर्नु पर्ने देखिन्छ । यस अवधिमा सरकारले ७० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने छ। 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले चालू आवको १० महिना अर्थात बैशाख २५ गतेसम्म ६६.६३ प्रतिशत चालू खर्च गरेको छ ।

चालू आवमा १० खर्ब ६५ अर्ब २९ अर्ब रुपैयाँ चालू खर्च गर्ने लक्ष्य सरकारले राखेका छ ।

हालसम्म चालूतर्फ ७ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ । गत वर्ष यस्तो खर्च साढे ३४.४७ प्रतिशत भएको थियो । सरकारले गत आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।