२६ बैशाख, २०८१ बुधबार

02:12:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारमा झिनो अंकको सुधारले ल्यायो खुशि, बजार घट्बढ् हुने मुख्य आधार के ?

केशव आचार्य ।

२५ बैशाख, २०७९

नेपालको सन्दर्भमा सेयर बजार विशेषज्ञको विश्लेषण एकातिर बजार अर्कातिर दौडिरहेको छ ।

बजारमा झिनो अंकको सुधारले ल्यायो खुशि, बजार घट्बढ् हुने मुख्य आधार के ?

चालु आर्थिक वर्षको असोजदेखि ओरालो लाग्न थालको सेयर बजार हालसम्म उकालो लाग्न सकेको छैन । यस अवस्थामा नेप्से न्यून अंकले बढ्दा पनि आशा जगाउँदै खुशि मान्नुपर्ने अवस्था सृजना भएको छ । 

लगानीकर्ताहरु यो समयपछि बढ्ला त्यो समयपछि बढ्ला भनेर कुरिरहँदा, नेप्से झनै ओरालो लागिरहेको छ । सेयर बजारको विषय कुनै आधारित तथ्यमा निर्भर नरहेकै कारण कति खेर के हुन्छ भन्ने विषयले अन्यौलता छाइरहेको हो । 

 बजारले गत भदौमा ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

बजारको विषयमा विश्लेषकको विश्लेषणले बजारमा काम गरिरहेको छैन । नेपालको सन्दर्भमा सेयर बजार विशेषज्ञको विश्लेषण एकातिर बजार अर्कातिर दौडिरहेको छ । बजारलाई लगाम लगाउने नीति कुनै पनि देखिदैन । आफ्नो आफ्नै विश्लेषणमा लगानीकर्ताहरु लगानी गर्छन, प्रतिफल राम्रो आए आफुले आफैलाई विश्लेषक मान्छन् । 

तर नेपालको सेयर बजार कम्पनीको तथ्यगत आधारमा रहेको पाइदैन, कतिखेर बढ्ने घट्ने भन्ने विषयमा अन्यौलता नै छ । बजारमा चलेको हल्ला, राजनीतिक व्यक्तित्वको राजनीतिक वक्तव्य र विभिन्न मिडियाहरुमा विश्लेषक भन्दै गरिएको भविश्यवाणीले लगानीकर्तालाई अन्यौल बनाइरहेको छ । 

गएको साता तीन दिनकै कारोबारमा ११७.५५ अंकको गिरावट आएको सेयर बजारमा यो साता कारोबारको पहिलो दिन उतारचढावका बीच वृद्धि देखिएको छ । आइतबार बजार १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुमा पुगेको छ । यसले बजारमा आशाका किरणहरु पलाएको त छ तर कारोबार रकम हेर्ने हो भने न्यून नै देखिन्छ ।

पाँच महिनायताकै न्यून बिन्दुमा चलिहरेको सेयर बजारमा आइतबारको वृद्धिले केही सकारात्मक सन्देश दिएको विश्लेषकहरू बताउँछन । चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेषण भइरहे पनि बजारमा खास प्रभाव भने देखिएको छैन । बजार घट्दो क्रममा नै देखिन्छ । 

वैशाख १८ गते आइतबार बन्द रहेको सेयर बजार सोमबार ४८.७३ अंकले घटेको थियो । मंगलबार पनि बजार बन्द रहँदा कारोबार बुधबार पनि घट्दो क्रममा नै रह्यो । बुधबार ३१.७६ अंकले घटेर बजार २२७५.६८ बिन्दुमा झरेको थियो । बिहीबार ३७.०६ अंकले घटेर बजार २२३८.६२ मा झरेको थियो । 

अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार घटिरहँदा आइतबार सामान्य वृद्धि देखिन पुगेको छ । बजारले गत भदौमा ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो ।

अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन् । तर विश्लेषकहरूको भनाइअनुरुप लगानीकर्ता विश्वस्त हुन सक्ने वातावरण बन्न सकेको छैन ।

त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । विश्लेषकहरूले सेयर बजार अर्थतन्त्रमा हुने तलमाथिका कारण प्रभावित हुने भएकोले बजार अझै घटेर १८०० सम्म जान सक्ने आँकलन गरिरहेका छन । अहिले बजार २२ सयको बिन्दुमा पुगिसकेको छ ।

चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिन्थ्यो तर यसपटक त्यस्तो हुन सकेको छैन । चुनावी माहोल बढ्दै गएको अवस्था र  सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारले ग्रहण गर्न सकेको छैन ।  

अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन् । तर विश्लेषकहरूको भनाइअनुरुप लगानीकर्ता विश्वस्त हुन सक्ने वातावरण बन्न सकेको छैन ।

यति हुँदा हुँदै पनि आज आइतबारको बजारले सहजताको संकेत गरेको पाइन्छ । यो वृद्धिसँगै लगानीकर्ताको विश्वास बजारमा फर्कंदै जाने विश्लेषकहरू बताइरहेका छन् ।