७ मंसिर, २०८१ शुक्रबार
07:21:04 PM
२५ बैशाख, २०७९
सेयर बजार बढ्दा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७२ रुपैयाँको कारोबार भएको छ भने ३३ लाख ४१ ह्जार २ सय १४ सेयर कित्ता किनबेच भएका
काठमाण्डौं । लगातार घटेको सेयर बजार साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । सेयर बजार आज आइतबार १७.९५.अंकले बढेर नेप्से परिसूचक २२ सय ५६.५४ विन्दुमा पुगेर बन्द भएको छ ।
यस्तै सेयर बजार बढ्दा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७२ रुपैयाँको कारोबार भएको छ भने ३३ लाख ४१ ह्जार २ सय १४ सेयर कित्ता किनबेच भएका छन् ।
यसैगरी बैंकिङ र माइक्रोफाइनान्स बाहेकका अन्य सबै उपसमुह बढेका छन् ।
कम्पनीतर्फ जाल्पामा निरन्तर सर्किट ब्रेक लागिरहेको छ । सेयर बजार घट्दा जाल्पा भने बढिरहेको छ । आज पनि जाल्पामा सर्किट ब्रेक लागेको छ ।
घलेम्दी हाइड्रो कम्पनी ८.८२ प्रतिशत र माउन्टेन एनर्जी नेपाल कम्पनी ८.६६ प्रतिशतले बढेको छ ।
साताको पहिलो दिन सेयर बजार बढे पनि लगानीकर्ता चिन्तित नै छन् ।
एक दिन बढे पनि लगातार सेयर बजार ओरालो लागिरहेको छ । जसका कारण लगानीकर्ताले राहतको श्वास लिने वातावरण बनेको छैन । उनीहरुमा सेयर बजार आज बढे पनि भोली के होला भन्ने चिन्ता कायमै छ ।