७ मंसिर, २०८१ शुक्रबार

01:34:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्योति लाइफ इन्स्योरेन्सले कमायो करिब ८० प्रतिशत नाफा

Nepal Business

२५ बैशाख, २०७९

कम्पनीको खुद नाफा ७०.९९ प्रतिशत ले बढेर २० करोड ६५ लाख ९ हजार रुपैयाँ पुगेको

ज्योति लाइफ इन्स्योरेन्सले कमायो करिब ८० प्रतिशत नाफा

काठमाण्डौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीको खुद नाफा झण्डै ८० प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार यस अवधिसम्ममा कम्पनीको खुद नाफा ७०.९९ प्रतिशत ले बढेर २० करोड ६५ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बीमाकोषको आकार ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

खुद बीमा शुल्क आर्जन १२.७९ प्रतिशत बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर वार्षिक ११ रुपैयाँ ३८ पैसा पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०९ पैसा रहेको विवरणमा उल्लेख छ ।