७ मंसिर, २०८१ शुक्रबार

06:40:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब सेयर बजार शुक्रबार पनि खुला रहने, कहिलेदेखि हुन्छ लागू ?

Nepal Business

२५ बैशाख, २०७९

सरकारले जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि धितोपत्र बोर्डले शुक्रबार पनि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको

अब सेयर बजार शुक्रबार पनि खुला रहने, कहिलेदेखि हुन्छ लागू ?

काठमाण्डौं । सेयर बजार अब शुक्रबार पनि खुला रहने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जेठ महिनादेखि सेयर बजार शुक्रबार पनि खुला रहने जानकारी दिनुभएको हो । 

उहाँका अनुसार सरकारले जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि धितोपत्र बोर्डले शुक्रबार पनि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । 

उहाँले भन्नुभयो, ‘सरकारले दिएको बिदा अनुसार हामीले पनि शनिबार र आइतबार बजार बन्द गरेर शुक्रबार बजार खुला गर्ने निर्णय गरेका हौँ ।’

अध्यक्ष हमालले तीन दिन बजार बन्द हुने भएपछि शुक्रबार खुला गर्ने निर्णय गरिएको बताउनुभयो । 

अहिले सेयर बजारमा आइतबारदेखि बिहीबारसम्म कारोबार हुन्छ । शनिबार भने बन्द रहन्छ ।