७ मंसिर, २०८१ शुक्रबार
07:21:26 PM
२५ बैशाख, २०७९
कम्पनीले यस अवधिसम्म ७८ करोड ८३ लाखभन्दा बढि नाफा आर्जन गरेको
काठमाण्डौं । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन डिष्टिलरी लिमिटेडको नाफा बढेको छ ।
कम्पनीले यस अवधिसम्म ७८ करोड ८३ लाखभन्दा बढि नाफा आर्जन गरेको हो । यो खुद नाफा गत वर्षको तुलनामा यस वर्ष १७.१८ प्रतिशतले बढी हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ६७ करोड २७ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी ३०.२० प्रतिशत बढेको छ भने सञ्चालन नाफा करिब १५ प्रतिशत बढी भएको छ ।
गत वर्ष ३ अर्ब ९८ करोडभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
सञ्चालन नाफा भने गत वर्ष ९५ करोड ५६ लाखभन्दा बढी भएकोमा यस वर्ष १ अर्ब ९६ करोडभन्दा बढी भएको छ ।
७५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापूँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम करिब ३८ प्रतिशत बृद्धि भई १ अर्ब ५७ करोडभन्दा बढी पुगेको छ ।
कम्पनीको कुल सम्पत्ति ३ अर्ब ४५ करोडभन्दा बढी छ भने कुल चालू दायित्व ८४ करोड २४ लाखभन्दा बढी छ ।