७ मंसिर, २०८१ शुक्रबार

09:39:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरको आइपीओ खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Nepal Business

२५ बैशाख, २०७९

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर खुला गर्न लागेको

हिमालयन हाइड्रोपावरको आइपीओ खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आज आइतबारदेखि आइपीओ बिक्रि खुला गरेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर खुला गर्न लागेको जानकारी दिएको छ । 

कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सो आइपीओ खरिद गर्ने अवधि छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ।

आइपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। 

कम्पनीको प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।