२० बैशाख, २०८१ बिहिबार

07:53:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा कार्यक्रमबाट अस्पतालको आम्दानी ७२ करोड ६७ लाख

१३ पुस, २०७८

हालसम्म बीमा कार्यक्रमबाट यस अस्पतालले ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ ।

बीमा कार्यक्रमबाट अस्पतालको आम्दानी ७२ करोड ६७ लाख

 
काठमाण्डौं, पुस १३


भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । हालसम्म बीमा कार्यक्रमबाट यस अस्पतालले ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । 

अस्पतालले वार्षिक ५० करोड हाराहारीमा आम्दानी गर्दैगर्दा बीमाको हिस्सा झण्डै आधा हुने गरेको अस्पतालले जनाएको छ  यो अस्पताल केन्द्रीय अस्पताल हो । आर्थिक वर्ष २०७५÷७६ मा  १६ करोड ६७ लाख ७३ हजार, २०७६÷७७ मा  २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा  १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो ।

चालू आर्थिक वर्षमा  २५ करोड भन्दा बढी आम्दानी हुने अनुमान गरिएको मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताउनु भयो । गत महिना अस्पतालले ३ करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलले बताउनु भयो । 

पौडेलले बीमा बोर्डबाट सेप्टेम्बरमा  ४ करोड ५२ लाख, अक्टोबरमा १ करोड १० लाख, नोभेम्बरमा १२ लाख ५३ हजार र डिसेम्बरमा ८ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिनुभयो । 
अस्पताल ४ करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि ४ लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ ।