२४ बैशाख, २०८१ सोमबार

09:21:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलङ्कामा पूनः सङ्कटकाल घोषणा

Nepal Business

२४ बैशाख, २०७९

शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

श्रीलङ्कामा पूनः सङ्कटकाल घोषणा

एएनआई । आर्थिक तथा राजनीतिक रुपमा सङ्कट खेपिरहेको अवस्थामा राष्ट्रपतिद्वारा श्रीलङ्कामा पूनः सङ्कटकाल घोषणा गरिएको छ ।  

गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पार्नु भएको छ ।

आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो ।

उहाँले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।

आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन सङ्कटकाल लगाउनु परेको उहाँले बताउनु भएको छ।