१७ माघ, २०८१ बिहिबार

11:19:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जिम्बाब्बे ८७ रनमै अलआउट, सोमपाल र करणको उत्साहप्रद बलिङ

Nepal Business

२४ बैशाख, २०७९

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावे एलाई झिनो योगफलमा समेटेको छ ।

जिम्बाब्बे ८७ रनमै अलआउट,  सोमपाल र करणको उत्साहप्रद बलिङ
काठमाण्डौं । दोस्रो एक दिवसीय खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै जिम्बावे एलाई ८७ रनमा अलआउट गरेको छ ।
 
टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावे एलाई झिनो योगफलमा समेटेको छ । नेपालका बलर सोमपाल कामी र करण केसीले कसिलो बलिङ गर्दा जिम्बावेले १२ ओभरमा ६ विकेट गुमायो ।
 
जिम्बावे एका लागि महत्वपूर्ण ब्याटर जोनाथन क्याम्पवेल २७ सर्वाधिक रन बनाउँदै रन आउट हुनुभयो ।  ओपनर इनोसेन्ट कैया करण केसीको बलमा आसिफ शेखबाट क्याच आउट भए । ताडिवानाशे मारुमानी ४ रनमै विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुग्नु भयो।
 
चेपाश झुवाओलाई आशिफले क्याच आउट गराउनु भयो । रोय कैया ४ रनमा र लुके जङ्ग्वे ८ रनमा बोल्ड आउट हुनु भयो । बनार्ड इभान्सले २० रनमा अविजित रहनु भयो  । भिक्टर न्युचि शुन्य रनमा स्टम्पिङ हुनु भयो ।
 
नेपालका लागि करण केसी र सोमपाल कामीले समान तीन/तीन विकेट लिए । सन्दीपले २ र सागर ढकालले एक विकेट लिए ।