१६ बैशाख, २०८१ आइतबार

06:04:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन

Nepal Business

१३ पुस, २०७८

पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ ।

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन

काठमाण्डौं, पुस १३
बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिने भएको छ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ ।

फलाम खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट खानी तथा भूगर्भ विभागको टोली बैतडी पुगेको छ । सुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिने र फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताउनुभयो । 

 फलाम उत्खनन गरिएका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गरिने र त्यसपछि जमिनमुनि फलाम रहे नरहेको बारे बुझ्न सकिने कँडेलले बताउनु भयो ।  उहाँले इलेक्ट्रिक एसिसटेन्ट र म्याग्नेटियम तरिकाबाट अध्ययन हुने जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनपछि अध्ययन टोलीले तयार पारेको प्रतिवेदनअनुसार फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया सुरु हुने बताइएको छ । 

फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने वडा नं ८ वडाध्यक्ष जनकबहादुर विष्टले बताउनुभयो । सम्भाव्यता अध्ययनका लागि विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी पुगेको हो । उक्त टोलीमा जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहुनभएको छ ।