७ मंसिर, २०८१ शुक्रबार
01:20:25 AM
२३ बैशाख, २०७९
कम्पनीको चौथौ साधारणसभाले अध्यक्ष सुलभ अग्रवाललाई पुनः निर्वाचित गरेको
काठमाण्डौं । युनियन लाइफको अध्यक्षमा पुनः सुलभ अग्रवाल निर्वाचित हुनुभएको छ ।
शुक्रबार कम्पनीको चौथौ साधारणसभाले अध्यक्ष सुलभ अग्रवाललाई पुनः निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष अग्रवालले बीमा समितिबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।
यस्तै सर्वसाधारणतर्फ सिताराम अग्रवाल, सचिन आचार्य सर्वसाधारणको तर्फबाट सञ्चालक चयन हुनुभएको छ ।
साधारणसभाबाट सञ्चालकहरुमा सुलभ अग्रवाल, संदिप अग्रवाल, जीवन अग्रवाल र सीमा गोल्छालाई निर्विरोध चयन गरेको छ ।
यस्तै विज्ञ सञ्चालकको रुपमा दिगम्वर झालाई चयन गरेको कम्पनीले जानकारी दिएको छ ।