७ मंसिर, २०८१ शुक्रबार

06:34:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरलको सेयर कारोबार रोक्का, कुन कम्पनीसँग हुँदैछ मर्ज ?

Nepal Business

२३ बैशाख, २०७९

यो बीमा कम्पनीहरुबबीच पहिलो मर्जर सम्झौता

हिमालयन जनरलको सेयर कारोबार रोक्का, कुन कम्पनीसँग हुँदैछ मर्ज ?

काठमाण्डौं । हिमालयन जनरल इन्सुरेन्स कम्पनी र एभरेष्ट इन्सुरेन्स कम्पनी मर्जरमा जानेभएपछि हिमालयन जनरल इन्सुरेन्सको सेयर कारोबार रोक्का भएको छ । 

यी दुई कम्पनीहरुबीच बिहीबार (वैशाख २२ गते) मर्ज सम्बन्धी सहमतिपत्रमा तापत्रमा हिमालयन जनरल इन्सुरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्सुरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गर्नुभएको थियो । यो बीमा कम्पनीहरुबबीच पहिलो मर्जर सम्झौता पनि हो । 

अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन–प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ ।

हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ । 

यी बीमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् ।

समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।