७ मंसिर, २०८१ शुक्रबार
06:44:28 PM
२३ बैशाख, २०७९
धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने
काठमाण्डौं । खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्कासनका लागि अनुमति माग्न धितोपत्र बोर्डमा पुगेको छ ।
कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।