७ मंसिर, २०८१ शुक्रबार
07:20:49 PM
२३ बैशाख, २०७९
अध्यक्ष गोल्छाले सेयर बजारमा विदेशी लगानी भित्र्याउन पनि चाँडै अध्ययन गर्नुपर्ने
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारलाई बलियो बनाउन गैरआवसिय नेपालीलाई तत्काल भित्र्याउनु पर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले रियल सेक्टलाई पनि पुँजी बजारमा ल्याउन नियामकले आवश्यक काम गर्नुपर्ने बताउनुभएको हो ।
पछिल्लो समय तरलताको अभावको असर सेयर बजारमा पनि देखिएको भन्दै अर्थतन्त्र चलायमान भएसँगै सेयर बजार पनि लयमा आउने उहाँले बताउनुभयो । यसका लागि नियामकले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै अध्यक्ष गोल्छाले सेयर बजारमा विदेशी लगानी भित्र्याउन पनि चाँडै अध्ययन गर्नुपर्ने बताउनुभयो । बाह्य लगानी भित्र्याउने प्रमुख आधार पूँजी बजार भएको बताउँदै यसमा आवश्यक छलफल गर्नुपर्ने बताउनुभयो ।
यसैगरी उहाँले इन्ट्रा डे ट्रेडिङ, सट सेल कारोबार गर्ने उपकरणहरु बजारमा भित्र्याउन आवश्यक रहेको बताउनुभएको छ ।