७ मंसिर, २०८१ शुक्रबार

06:52:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्रोकर कम्पनी विस्तार गर्ने विषयमा अध्ययन भइरहेको छः सिईओ कृष्णबहादुर कार्की

Nepal Business

२३ बैशाख, २०७९

घट्दो विदेशी मुद्रा सञ्चितीमा सुधार ल्याउन विदेशमा रहेका नेपालीलाई आइपीओ आरक्षण दिने तयारी भइरहेको भइरहेको

 ब्रोकर कम्पनी विस्तार गर्ने विषयमा अध्ययन भइरहेको छः सिईओ कृष्णबहादुर कार्की

काठमाण्डौं । सेयर लगानीकर्ताहरुले लामो समयदेखि ब्रोकर कम्पनी बढाउनुपर्ने तथा बैंकलाई ब्रोकर दिनुपर्ने माग गर्दै आएका छन् । 

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनी थप गर्नुपर्ने विषयबारे अध्ययन भइरहेको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले गरेको ‘परिपक्व पुँजीबजार सम्मेलन’मा बोल्दै उहाँले ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको र यस बारे अध्ययन भइरहेको बताउनुभएको हो। 

उहाँका अनुसार चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुन्छ ।

यस्तै उहाँले सेयर बजारमा सर्वसाधारदेखि युवा पुस्ताको सभागिता तथा चासो रहेकाले यो पूँजी बजारका लागि राम्रो भएको बताउनुभयो । 

नेप्से पूँजी बजार विस्तार र विकासका लागि सधै सकरात्मक रहेको उहाँले बताउनुभयो । साथै उहाँले पूँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको पनि बताउनुभयो ।

यसैयरी सोही कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पूँजी बजारमा थुप्रै चुनौतीहरु रहकाले बजार विकास र सन्तुलनका लागि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

अहिले  बजारमा संस्थागत लगानीकर्ताको कमी रहेको र यसमा लगानीकर्ता ल्याउन वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । 

पुँजीबजारसम्बन्धी साक्षारताको कमीका कारण साना र सोझा लगानीकर्ताहरु फस्नुका साथै बजारमा तीव्र उतारचढाव भइरहेको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालहरुमा बजारसम्बन्धी भ्रमहरु फैलाउने कामलाई नियन्त्रण गर्न आवश्यक छ । यसका लागि ऐन परिमार्जन गर्न आवश्यक छ ।’

उहाँले घट्दो विदेशी मुद्रा सञ्चितीमा सुधार ल्याउन विदेशमा रहेका नेपालीलाई आइपीओ आरक्षण दिने तयारी भइरहेको भइरहेको बताउनुभयो ।