७ मंसिर, २०८१ शुक्रबार
07:24:49 PM
२३ बैशाख, २०७९
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ६ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको
काठमाण्डौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा यस वर्ष घटेको छ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ६ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ । यो खुद नाफा गत वर्षको तुलनामा २.२२ प्रतिशत कम हो ।
कम्पनीका अनुसार गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५५ लाखभन्दा बढीको खुद नाफा गरेको थियो ।
यस वर्ष सम्भावित जोखिम शिर्षकमा ९७ प्रतिशत कम रकम राखेको कम्पनीले ५६ लाख रुपैयाँभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ४७ करोड ८९ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको थियो । यस वर्ष सञ्चालन घाटा सुधारिएर ११ करोड ५५ लाख रुपैयाँभन्दा बढी भएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनी ३६ करोड ९७ लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोष रकम गत वर्षभन्दा ७४.६६ प्रतिशत बढेर २९ करोड ५३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
कम्पनीले यस वर्ष २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने यस वर्ष ९९ करोड २६ लाख रुपैयाँभन्दा बढी छ ।