३० कार्तिक, २०८१ शुक्रबार
07:01:39 AM
२२ बैशाख, २०७९
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताउनु भयो ।
काठमाण्डौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्रै पूँजी वृद्धि गर्नै पर्ने बताउनु भयो ।
सक्ने कम्पनीले पूँजी बढाउने र नसक्नेले आफू जस्तैसँग मर्जरमा जानुपर्छ । पूँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ, उहाँले भन्नुभयो ।
गरिएको लगानी अनुसारको उचित प्रतिफल दिन नसक्ने तथा समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय टिकीरहनु भन्दा मर्जर वा प्राप्ती मार्फत पूँजी बृद्धि गर्नेतर्फ ध्यान दिदा उचित हुने उहाँले बताउनु भयो ।
हाम्रो भनाइ बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन तर मर्जर पनि पूँजी वृद्धि गर्ने विकल्प हुनसक्छ भन्ने हो ।
सक्ने कम्पनीले पूँजी बढाउने र नसक्नेले आफू जस्तैसँग मर्जरमा जानुपर्छ । पूँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ, उहाँले भन्नुभयो ।
अध्यक्ष सिलवालले पूँजी बृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दे, बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नु पर्ने बताउनु भयो। स्वस्थ प्रतिस्पर्धा, सूचना प्रविधिमैत्री, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न, दाबी भुक्तानी समयमा नै र लगानीको प्रतिफल पनि बढाउनु पर्ने विषयमा उहाँले जोड दिनु भयो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताउनु भयो ।
कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बीमकको पूँजी बृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।