७ मंसिर, २०८१ शुक्रबार

07:25:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा बिहीबार ४३.७१ अंकको गिरावट, जाल्पामा सर्किट ब्रेक

Nepal Business

२२ बैशाख, २०७९

बिहीबार ४५ लाख ७२ हजार ६ सय ५२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६१ करोड ५५ लाख ६१ ह्जार ४ सय ५३ रुपैयाँको कारोबार भएको

सेयर बजारमा बिहीबार ४३.७१ अंकको गिरावट, जाल्पामा सर्किट ब्रेक

काठमाण्डौं । सेयर बजार घट्ने क्रम जारी छ । कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ४३.७१ अंकले घटेर नेप्से परिसूचक २२ सय ३१.९७ विन्दुमा बन्द भएको छ ।

यस्तै आज बिहीबार ४५ लाख ७२ हजार ६ सय ५२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६१ करोड ५५ लाख ६१ हजार ४ सय ५३ रुपैयाँको कारोबार भएको छ ।

यसैगरी आज पनि सबै उपसमुह घटेका छन् । कम्पनीतर्फ भने जाल्पामा सर्किक ब्रेक लागेको छ ।