७ मंसिर, २०८१ शुक्रबार
07:05:44 PM
२२ बैशाख, २०७९
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको
काठमाण्डौं । आइपीओ निष्काशन गर्न लागेको अभियान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ।
गत वर्षको त्रैमास भन्दा यो ९.५६ प्रतिशतले बढि हो । गत वर्षको यस अवधिमा कम्पनी १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै लघुवित्तले यस त्रैमाससम्म आइपुग्दा खुद ब्याज आम्दानी ८२.७६ प्रतिशतले बढाएर ७ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीले सञ्चालन नाफा पनि १ करोड १९ लाख रुपैयाँबाट १ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । यसको खराब कर्जा भने ०.४५ प्रतिशतबाट बढेर ३.३४ प्रतिशतसम्म पुगेको छ । हाल यसको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यसैगरी जगेडा कोषमा १ करोड ९२ लाख रुपैयाँ छ । चैतसम्ममा २९ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।
धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउने जनाएको छ ।