७ मंसिर, २०८१ शुक्रबार

06:54:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रारा हाइड्रोपावर सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने तयारीमा

Nepal Business

२२ बैशाख, २०७९

कम्पनीले १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिने योजना बनाएको

रारा हाइड्रोपावर सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने तयारीमा

काठमाण्डौं । रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिने योजना बनाएको कम्पनीले जानकारी दिएको हो । 

कम्पनीका अनुसार आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि बैशाख २१ गते सम्पन्न एक कार्यक्रमकाबीच मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिएको हो । 

सम्झौता पत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।