१४ बैशाख, २०८१ शुक्रबार

05:30:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थापना दिवसमा निर्वाचन केन्द्रीत भएर देशभर कार्यक्रम हुन्छ : उपाध्यक्ष पाण्डे

Nepal Business

२२ बैशाख, २०७९

घोषणा पत्रमा आर्थिक विषयहरुलाई समावेश गर्दै आर्थिक रुपान्तरणका लागि हामी हिजो, आज र भोली पनि निरन्तर दलहरुलाई खवरदारी गर्दै अगाडि बढ्ने छौं ।

स्थापना दिवसमा निर्वाचन केन्द्रीत भएर देशभर कार्यक्रम हुन्छ : उपाध्यक्ष पाण्डे

काठमाण्डौ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले आफ्नो स्थापना दिवशको अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । महासंघले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्ना कार्यक्रमहरु अगाडि बढाएको बताएको छ । स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमलाई अगाडि बढाएको महासंघले आफ्ना आर्थिक मुद्धाहरुलाई स्थापित गर्दै निर्वाचनमा केन्द्रीत हुने महासंघका उपाध्यक्ष सिएन पाण्डेले बताउनुभएको छ । मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन अघि सर्नुपर्ने एजेण्डा र महासंघको भूमिकाका विषयमा नेपाल विजनेश डटकमले उपाध्यक्ष पाण्डेसंग गरेको कुराकानीको संपादित सामग्री । 

महासंघको स्थापना दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

हामी यसवर्ष महासंघको स्थापना दिवसलाई आसन्न स्थानिय तहको निर्वाचन केन्द्रित गरेका छौं । बैशाख ३० गते हुने निर्वाचनका लागि साथीहरु खटिइरहनुभएको छ । त्यसकारण हामीले महासंघको स्थापना दिवसलाई केन्द्रदेखि स्थानिय पालिकासम्म चुनाव प्रचार प्रसार चुनावी माहोलका साथ मनाउन गईरहेका छौं ।

महासंघका अधिकांश साथीहरु आसन्न स्थानीय निर्वाचनमा खटिइरहनु भएको छ । उहाँहरु ७ सय ५३ वटै स्थानीय तहमा सक्रिय हुनुहुन्छ ।

महासंघले महासंघको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्ने छ भने विभिन्न तहमा रहनुभएका साथीहरुले वस्तुगत, जिल्ला र पालिकास्तरमा पनि स्थापना दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाउन हामीले सर्कुलर गरिसकेका छौं । सोही अनुसार अगाडि बढ्ने छौं । 

स्थानीय तहको निर्वाचनमा महासंघको भूमिका के हुन्छ ?

नीतिको अग्रणी मूलनीति नै राजनीतिसँग सम्बन्धित भएको हुनाले अहिले महासंघ नेकपा एमालेलाई अत्याधिक मत ल्याएर जिताउने अभियानमा लाग्छ । महासंघले यतिबेला निर्वाचनमा आर्थिक विषयहरुलाई उठान गर्दै नेकपा एमालेका उम्मेद्वारलाई विजयी बनाउने अभियानलाई अगाडि सारेको छ ।

मुलुकको राजनीतिमा अग्रणी भूमिका निर्वाह गरिरहेको एमालेलाई जिताएर पूनः नीति निर्माणको तहमा पु¥याउन हामी अहोरात्र खटिरहेका छौ । यस मुद्धालाई आवश्यक गन्तव्यमा पु¥याउनु नै हाम्रो मुख्य उदेश्य हो हामी अहिले यसै भूमिकामा लागिपरेका छौं ।

मुलुकका आर्थिक एजेण्डाहरुलाई दलका घोषणा पत्रमा समावेश गराउन, तपाईहरुको भूमिका के हुन्छ ?

घोषणा पत्र त एक गतिशिल विषय हो । यो समय सापेक्ष परिवर्तन हुँदै जान्छ । अहिले हाम्रो लक्ष्य भनेको नेकपा एमालेलाई जिताएर दलाल, विचौलिया र पूजिँपति अर्थतन्त्रको अन्त्य गर्नु हो ।

उत्पादनमा सहभागी नै नभई मुख बजाएको भरमा ठूलो मूल्य लिने, श्रम नगर्ने, भ्रष्टचार प्रेमी बन्ने संस्कारको अन्त्य गर्नका लागि हामी खटिईरहेका छौं । हामी एमालेलाई पूनः सरकारमा पु¥याएर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पुरा गर्न एकढिक्का भएर लागिपरेका छौं ।

दलहरुका घोषणापत्रहरुलाई पनि हामीले यसै अनुरुप सुझाव दिँदै आएका छौं । आर्थिक समृद्धि, सम्पन्नता र देशको अर्थतन्त्र वलियो बनाउने विषय सबै राजनीतिक दलहरुको विषय हो । यसमा सबै दलहरु चनाखो हुनुहुन्छ भन्ने लाग्छ । घोषणा पत्रमा आर्थिक विषयहरुलाई समावेश गर्दै आर्थिक रुपान्तरणका लागि हामी हिजो, आज र भोली पनि निरन्तर दलहरुलाई खवरदारी गर्दै अगाडि बढ्ने छौं ।