१५ बैशाख, २०८१ शनिबार

03:52:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महासंघ आर्थिक रुपान्तरण र समृद्धिको मुद्धामा प्रतिवद्ध छ : एलपी साँवा लिम्बु

१८ चैत, २०७८

२३ गते पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हाम्रो दोस्रो महाधिवेशन उद्घाटन भव्य बनाउ आवश्यक पर्ने अन्य सम्पूर्ण तयारीहरु हामीले गरिरहेका छौं ।

महासंघ आर्थिक रुपान्तरण र समृद्धिको मुद्धामा प्रतिवद्ध छ : एलपी साँवा लिम्बु

नेपालको आर्थिक क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझाव प्रस्तुत गर्दै उद्यमी र व्यवसायिहरुका हक, अधिकारीको विषयमा पैरवी गर्दै आईरहेको नेपाल राष्ट्रिय उद्योगी व्यवसाय महासंघ दोस्रो अधिवेशनको तयारीमा जुटिरहेको छ ।

आगामी चैत्र २३ र २४ गते काठमाण्डौको प्रज्ञा भवनमा हुने महाधिवेशनका लागि पालिका, जिल्ला र प्रदेश स्तरका अधिवेशन एंव प्रतिनिधि छनौटको काम सुरु भएको छ ।

यसै सन्दर्भमा नेपाल विजनेश डटकमले महासंघका अध्यक्ष एल.पी. साँवा लिम्बुसंग आसन्न महाधिवेशन, अर्थराजनीति, आर्थिक समृद्धि र सम्पन्नताकालागि महासंघले के गर्छ भन्ने विषयलाई समेटेर गरेको कुराकानीको सम्पादीत अंश । 

  • महाधिवेशनको तयारी कहाँ पुर्याउनुभयो ? 

महाधिवेशनका सबै तयारीहरु अन्तिम चरणमा पुगेका छन् । पालिकास्तरदेखीका प्रतिनिधि छौटको काम सुरु भएको छ । जिल्ला स्तरका अधिवेशन र केही कार्यक्रम अहिले भईरहेका छन् ।

व्यवस्थापनका कामहरुलाई व्यवस्थित गर्न उपसमिति गठन गरेर काम भईरहेको छ । २३ गते पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हाम्रो दोस्रो महाधिवेशन उद्घाटन भव्य बनाउ आवश्यक पर्ने अन्य सम्पूर्ण तयारीहरु हामीले गरिरहेका छौं । 

  • महाधिवेशनमा मुख्य गरि के विषयमा केन्द्रीत भएर छलफल गर्दै हुनुहुन्छ ? 

हामी दोस्रो महाधिवेशनलाई एैतिहासिक र रुपान्तरणको महाधिवेशनका रुपमा हेरेका छौं । यस महाधिवेशनबाट हामीहरुले नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।

स्वभाविक रुपमा यसको बारेमा चर्चा र छलफल हुन्छ नै । तर हाम्रो संगठनमा नेतृत्वका विषयमा कुनै समस्या छैन । हाम्रो विधान र कानुनसम्मत ढंगबाट हामीले हाम्रो नेतृत्व छान्ने छौं ।

अर्को कुरा हामीले देशभरबाट प्रतिनिधित्व हुने यस महाधिवेशनमा अहिलेको मुलुकको आर्थिक अवस्था र अबको बाटो के हुने भन्ने बारेमा गहन छलफल र बहस गर्ने छौं । आर्थिक रुपमा देशलाई सवल बनाउन व्यवसाय र व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने गर्छ ।

त्यस विषयलाई ध्यानमा राख्दै हाम्रो पार्टीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई संस्थागत गर्दै अभियानका रुपमा हामीले अगाडि बढाउने छौं । देश र जनताको आर्थिक सामाजिक रुपान्तण हरेक पार्टीको मुख्य मुद्धा हुने गर्छ हामी सोही अनुसार त्यसलाई कार्यन्वयन गर्दै जान्छौं नै ।

नेपाल कृषि प्रधान देशको रुपमा पहचान रहेको छ तर कृषि वस्तुको आयत बढिरहेको अवस्था छ । हामी चाहन्छौ यसलाई कम गर्न सकियोस । यसका लागि सरकारले विशेष पहल कदमी खेलोस । 

देशको अर्थतन्त्रको ७५ प्रतिशत कर नीजिक्षेत्रको योगदान र अर्थतन्त्र चलायमानमा अहम भूमिका रहेको छ यसलाई कसरी बढाउन सकिन्छ भन्ने विषयलाई पनि हामीले हाम्रो महाधिवेशनमा छलफलको विषय बनाएका छौं ।

हामी वर्तमान सरकारको अर्थतन्त्रलाई नकारात्मक असर पर्ने नीतिहरु सुधारका लागि सुझाव दिन चाहन्छौं । यसका लागि पालिकास्तरदेखी संघसम्मका सुझावहरुलाई एकीकृत गर्दै साझा सुझाव पत्रका रुपमा हामी सरकारलाई पेश गर्ने छौं । 

  •  महासंघले आगामी दिनमा खेल्ने भूमिका के हुन सक्छ ? 

महासंघका बारेमा केही कुरा पहिले पनि आईसकेको छ । हामी विशेषगरी उद्योगी, व्यवसायिहरुको हक, अधिकार र हितका लागि काम गर्ने एउटा राजनीतिक चेत भएका उद्यमीहरुको संगठनमा छौं ।

त्यसैले हामीले यो देशको हित, उपभोक्ताको हित र आम नागरिकको जीवन र दैनिकीसंग जोडिएका विषयलाई मुख्य विषयका रुपमा उठान गर्ने छौं । त्यसैगरी बैचारीक रुपमा हामी एमाले निकट रहेर काम गरिरहेकोले स्वभावैले नेकपा एमालेले अगाडि बढाउने उद्योग, व्यवसायसंग सम्वन्धित नीति तथा कार्यक्रमहरुलाई हामीले सहयोग गर्नुपर्छ ।

हिजो जुन ढंगबाट हामीले समग्र अर्थतन्त्रको सुधारका लागि उद्यम र उद्योगीहरुको छाता संगठनका रुपमा काम गरेका छौं त्यसलाई अझै परिस्कृत गर्न चाहान्छौं । बदलिँदो समयमा बदलिँदो सोच र प्रविधिसंगसंगै देश र उद्यमीको हितका लागि हामी प्रतिवद्ध छौं र हुनेछौं । 

  •  व्यवसायी​का विविध समस्या पनि छन् ति समस्याहरुका बारेमा महाधिवेशनमा के हुन्छ ? 

यहाँले अत्यन्तै राम्रो प्रश्न गर्नुभएको छ । हामी यसबीचमा विभिन्न उतार चढावहरु पर गर्दै अहिलेको अवस्थामा आईपुगेका छौं । योबीचमा भएका राजनीतिक घट्नाक्रमले हामीलाई पनि केही प्रभाव पारेको छ ।

तर यि सबै विषयहरुलाई सम्बोधनगर्दै हामी फेरीपनि ७७ वटै जिल्ला र ७ वटै प्रदेशमा बलियोगरी उभिईसकेका छौं । हामी एक्लै बोल्यौं भने केहीपनि हुँदैन तर साझा आवाज उठायौं भने हरेक कुरा सम्भव छ । त्यसैले हामी सबै व्यवसायी, उद्योगी साथीहरुलाई एकतावद्ध बनाउन चाहन्छौं र बन्न आव्हान गर्दछौं ।

व्यवसायीक मूल्य, मान्यतालाई स्थापित गर्दै राज्यका नीति र कानुनलाई मानेर अगाडि बढ्दा पनि कहिलेकाँही व्यवसायी साथीहरुले दुख हैरानी व्यहोरी रहनुभएको छ । यस्ता मुद्धाहरुलाई हामीले संस्थागत रुपमा उठान गर्दै आएका छौं र आगामी दिनमा पनि यसलाई अझै शसक्त बनाउँदै जाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

यहाँलाई स्मरण गराउँ हाम्रो महासंघको स्थापना २०६९ बैशाख २४ गते भएको हो त्यस समय देखी अहिलेसम्म हामीले विभिन्न असज अवस्था पार गरेका छौं तर हरेस खाएका छैनौं । जसले गर्दा अहिले उद्योगी, व्यवसायीहरु देखिने र सुनिने अवस्थामा पुग्नुभएको छ ।

महासंघ ७ वटा बस्तुगत संघहरुको आवद्धतावाट सुरु भएको थियो । तर अहिले समय क्रममा अरु थप वस्तुगत संघहरु पनि हाम्रो महासंघको सदस्य भएका छन् । 

लामो समय सम्म महासंघको सस्थागत संरचना प्रदेश, जिल्ला हुदै पालिका स्तरसम्म  निर्माण भएको थिएन । समय क्रममा राजनैतिक उतार चढाव हुदै गर्दा फेरी पार्टी एकिकरण असफल भएपछि हामीले २०७७ साल फाल्गुण ३ गते हामीले पुन नयाँ नेतृत्व चयन गरेर अगाडि बढेका थियौ । 

म यहाँलाई स्मरण गराउँ यसैसमयमा विश्व व्यापी रुपमा फैलिएको कोभिडका कारण हामीले महासंघका कामहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउन सकेनौं । तर विभिन्न बैकल्पिक विधिबाट हामीले हाम्रो कामलाई निरन्तर जारी राखेका थियौं । 

हरेक अवस्थामा व्यवसायीहरुलाई आउने समस्याको सम्बोधनका लागि महासंघको नेतृत्व हिजो हाजिर थियो, आज छ र भोली पनि रहिरहने छ ।

हामी पालिकास्तरमा रहेको व्यवसायी देखी संघीयस्तरमा रहेको व्यवसायीसम्म सबैलाई समान दृष्टिकोणबाट हेर्छौ । सबैका समस्यालाई उत्तिकै महत्वका साथ लिन्छौ । त्यसको समस्या समाधानका लागि लागिरहन्छौं । 

  • तपाईहरु नीतिगत सुरधामा के गर्दै हुनुहुन्छ ? 

नेपालको उद्योग व्यवसायसंग सरोकार राख्ने  करिब ३३ पुराना, ऐन कानूनहरु  संसोधन, खारेज गर्नु पर्ने छ । जुन हामीले पटक पटक भनिरहेका छौं ।

यी ऐन कानूनहरु समयक्रम अनुसार परिवर्तन गर्न नसक्दा केही समस्याहरु आईरहेका छन् । सरकार नीजिक्षेत्रबीच विश्वाशको कमी, राजनैतिक अस्थिरता, भू-राजनीतिक चपेटामा छटपटीरहेको अवस्था, आयतमूखी नीति, कृषि उत्पादकत्व बढाउने भन्दा दाताहरुको फ्रेम वर्कमा आधारित अनुदान, राजनैतिक नामधारी कृषि रणनीति, आत्मनिर्भर भन्दा परनिर्भरतामा उन्मुख कृषि अनुदानका कार्यक्रम, औद्योगिक लगानीमा कमजोरी, गैर उत्पादक मुलक क्षेत्रमा लगानीको प्रभाव भोगिरहेका छौं ।

बैंकिड. बित्तिय प्रणालीमा स्थिरता नहुनु, उत्पादकमुलक तथा निर्यात क्षेत्रको प्रर्वद्धन रणनीति असफल, विगत २ वर्ष देखी कोभिड १९ का कारण, उद्योगधन्दा आंशिक संचालन  धेरै उद्योगहरु पूर्ण रुपमा वन्द, रोजगारी गुमाएको अवस्था, बैक व्याज चर्को, श्रम ऐनमा भएका थेग्न नसक्ने विषेश व्यवस्था, जस्ता समस्याहरु अहिले व्यवसायिहरुले भोगिरहेका छौं । यि कुराहरुमा सरकारको ध्यानाकर्षण गरिरहेका छौं । 

आयतमूखी अर्थतन्त्रका संयन्त्रहरुको शुष्म अध्ययन, नीतिहरुमा परिमार्जन, पार्टीको उद्योगनीतिमा प्रतिवद्धता, सुझाव, हामी उद्योगी व्यवसायीहरुले क्रमश आयत प्रतिस्थापन गर्ने उद्योग व्यवसायको रुपमा परिवर्तन, गर्ने माइण्डसेट, उत्पादकमुलक क्षेत्रमा दिगो विकासको लक्षलाई समायोजन गर्ने  गरि लगानीमा बृद्धि  श्रमिक र मालिक बीचको अन्तरद्धन्द, आउटपुटका आधारमा पारिश्रमिक, श्रमिकलाई उद्योग व्यवसायको साझेदारी हिस्सा, जागीरे प्रबृतिको अन्त्य, उचित कदर र पारिश्रमिक, स्वदेशमै स्वरोजगार बृद्धि गर्ने नव उद्यमहरुको विकासका लागि हामीले काम गर्ने छौं । 

  • तपाईहरु दल प्रति उत्तरदायी हुनुहुन्छ कि ? व्यवसाय र उपभोक्ता प्रति ? 

यहाँको यो प्रश्न अहिलेको सन्दर्भमा साँच्चिकै सान्दर्भिक छ । व्यवसाय, व्यवसायी कसरी दल निकट हुन सक्छ भन्ने आम प्रश्न पनि हो । यहाँलाई स्पष्ट पारौं हामी कुनै स्वार्थ पुरा गर्न वा कमिकमजोरी ढाकछोप गर्न कतै आवद्ध हुन खोजेका होइनौ ।

हरेक व्यक्तिमा राजनीतिक चेत आवश्यक छ र हुन्छ पनि । यसैले हामी राजनीतिक चेत सहितको व्यवसाय, उद्यम गर्छौ । हरेक जिम्मेवार व्यवसायीहरु हामीसंग आवद्ध हुनुहुन्छ । उहाँहरुले आफ्नो व्यवसायीक धर्म र मर्म भन्दा बाहिर गएर कुनै काम गर्नुभएको छैन ।

आगमी दिनमा पनि गर्नुहुन्न भन्ने हाम्रो विश्वास छ । हामी देशको आर्थिक, सामाजिक विकासका लागि काम गर्न चाहन्छौं । देशको आर्थिक समृद्धिका लागि देशमै केही गर्न चाहन्छौ र जिम्मेवार व्यवसायी एवं व्यवसाय गर्न चाहन्छौं ।

यो महाधिवेशन पछि हामी देशभर व्यवसायीहरुलाई जम्मा गरेर यि र यस्ता विषयमा पनि प्रशिक्षित गर्ने छौं । जसले वीचार, सिद्धान्त र भावनाका हिसावले जुनसुकै दलको सदस्य भएपनि व्यवसायीहरुको साझा धर्म, मर्म र भावनाले एकठाउँमा गोलवद्ध गर्न सहयोग पुग्ने छ ।