७ मंसिर, २०८१ शुक्रबार

09:40:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त आइपीओ ? अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको आइपीओ खुला

Nepal Business

२२ बैशाख, २०७९

स्थानीयका लागि १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको

भर्ने होइन त आइपीओ ? अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको आइपीओ खुला

काठमाण्डौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले आज बिहीबारदेखि पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कार्यालय समयमा स्थानीयका लागि १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको जनाएको छ । 

स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयरका लागि खावेदन दिन सक्नेछन् । 

सो आइपीओ खरिदका लागि लगानीकर्ताले छिटोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म बिक्रि खुला रहने कम्पनीले जानकारी दिएको छ । 

आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले कम्पनीको आइपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । 

स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा बिक्री भैरहेको हो ।