१८ बैशाख, २०८१ मंगलबार

05:12:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उच्च अङ्कले नेप्सेमा गिरावट

Nepal Business

१२ पुस, २०७८

नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर २५२१.६५ मा ओर्लेको छ ।

 उच्च अङ्कले नेप्सेमा गिरावट


काठमाण्डौं, पुस १२
धितोपत्र बजारमा नेप्से परिसूचक सोमबार उच्च अङ्कले ओरालो लागेको छ । नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर २५२१.६५ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.८५ अङ्कले ओरालो लागी ४७१.८९ मा ओर्लेको छ । कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । 

नेप्सेका अनुसार बैंकिङ २७.११, व्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३, विकास बैंक १७३.५६, जलविद्युत् १०८.५५, वित्त ७०.६१, निर्जीवन बीमा ६१८.४४,उत्पादन ११६.६१, अन्य ९३.३, लघुवित्त ११९.२, जीवन बीमा २९०.७२, सामूहिक लगानी कोष ०.०१ र लगानी ३.०३ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड ६० लाख ९९ हजार २०२ बराबरको कारोबार भयो । सोमबार गुर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

 जोशी हाइड्रोपावर ८.५४, घलेम्दी हाइड्रोपावर ८.२१, सानिमा जनरल इन्स्योरेन्स ७.१७, जानकी फाइनान्स ७.१७ र गुडविल फाइनान्सका लगानीकर्ताले ६.९७ प्रतिशतले गुमाए ।
 
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३२ करोड ५१ लाख ७७ हजार ८३५ बराबर पुगेको छ ।