१ जेठ, २०८१ मंगलबार

07:09:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट दु्रतमार्ग निर्माण गछौँ : मन्त्री आले

Nepal Business

२१ बैशाख, २०७९

विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमि हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने दाबी

धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट दु्रतमार्ग निर्माण गछौँ : मन्त्री आले

कैलाली,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात दु्रतमार्ग निर्माण गरिने बताउनुभएको छ ।

धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव सङ्कलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नुभएका मन्त्री आलेले यहाँका स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा मन्त्री 

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव सङ्कलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुग्नुभएका मन्त्री आलेले यहाँका स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक निर्माण गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो,“कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म जोड्न आफूले द्रुतमार्ग निर्माणका लागि पहल सुरु गरेको छु, सो सडक निर्माण हुनेछ ।” 

मन्त्री आलेले विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमि हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने दाबी गर्नुभयो । 

 यसैगरी मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक जोडिए चीनका पर्यटक पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटक यहाँ भित्र्याउन सके यहाँको विकासमा सहज हुने जिकिर गर्नुभयो ।