३० कार्तिक, २०८१ शुक्रबार
07:12:48 AM
२१ बैशाख, २०७९
सभाले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (बुधबार) अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको हो । सभाले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले चालु आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, अन्य कम्पनीहरुसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने लगायतका प्रस्ताव पारित गरेको छ ।