७ मंसिर, २०८१ शुक्रबार
06:58:40 PM
२१ बैशाख, २०७९
बुधबार ३६ लाख २ हजार ८४८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय २१ रुपैयाँको कारोबार
काठमाण्डौं । प्रि–ओपनिङमा बढेको सेयर बजार कारोबार बन्द हुने समयमा घटेको छ । प्रि–ओपनिङमा सेयर बजार ३.०६ अंकले बढेको थियो । सकरात्मक सुरुवात रहेको सेयर बजार बन्द हुने समयमा भने घट्यो ।
बुधबार सेयर बजार ३१.७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ३१.७६ अंकले सेयर बजार घट्दा नेप्से परिसूचक २२ सय ७५.६८ विन्दुमा बन्द भएको छ ।
आज बुधबार ३६ लाख २ हजार ८४८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ ।
यस्तै सबै उपहमुहरु घटेका छन् । कम्पनीतर्फ भने जल्पा ९.९९ प्रतिशत, बरुण हाइड्रोपावर ४.४५ प्रतिशत र एनआसी एशिया सेलेक्ट फण्ड ३० २.३५ प्रतिशतले बढेका छन् ।