३० कार्तिक, २०८१ शुक्रबार
09:47:37 AM
२१ बैशाख, २०७९
लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले बैशाख १२ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ११ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज (बैशाख २१ गते बुधबार) हुँदैछ । कम्पनीको २७ औं वार्षिक साधारण सभा आज (बुधबार) अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजदेखि सुरु हुनेछ ।
सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै, सभाले चालु आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, अन्य कम्पनीहरुसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले बैशाख १२ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ११ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागि हुन सक्नेछन् ।