३० कार्तिक, २०८१ शुक्रबार
09:35:11 AM
२१ बैशाख, २०७९
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज बैशाख २१ गते अन्तिम दिन रहेको छ। इन्स्योरेन्स कम्पनीले कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले सो समयमा बिक्री हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता सेयर बैशाख १२ गते देखि लिलामीमा राखिएको थियो। यस अघि लिलामी सेयरमा हिजो बैशाख २० गते बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने भनिए पनि सरकारले इदका अवसरमा २० गते सार्वजनिक बिदा दिएकोले आज वैशाख २१ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।