७ मंसिर, २०८१ शुक्रबार
07:22:16 PM
२१ बैशाख, २०७९
प्रतिफल नदिने कम्पनीको तुलनामा वाणिज्य बैंकहरूको सेयरम मूल्य न्यून बिन्दुमा झर्नु भने असमान्य
काठमाण्डौं । लगातार घटिरहेको सेयर बजारको असर कम्पनीको सेयर मूल्यमा पनि परेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यसअघि परिसूचक उच्च विन्दुमा पुग्दाभन्दा अधिकांश कम्पनीको सेयर मूल्य ४० प्रतिशत कम भएको छ ।
नेप्से घटिरहेका बेला कम्पनीको सेयरमूल्य घट्नु स्वभाविक नै हो । तर, प्रतिफल नदिने कम्पनीको तुलनामा वाणिज्य बैंकहरूको सेयरम मूल्य न्यून बिन्दुमा झर्नु भने असमान्य हो ।
प्रतिफल नै नदिने, प्रतिसेयर आम्दानी माइनस र पतिसेयर नेटवर्थ माइनसमा भएका कम्पनीहरूको सेयर मूल्य बजार घटेकै समयमा पनि ५०० भन्दा बढी हुँदा अधिकांश वाणिज्य बैंकहरूको सेयरमूल्य ४०० भन्दा कम छ ।
नेप्सेका अनुसार गत सोमबारको बजार मूल्यका आधारमा १३ वाणिज्य बैंकको सेयर मूल्य २०० देखी ३०० को बीचमा रहेको छ ।यी कम्पनीहरूमध्ये अधिकांशको नेप्से बढेर उच्च बिन्दुमा पुगेको समयमा सेयर मूल्य ५०० रुपैयाँभन्दा बढी थियो ।
वाणिज्य बैंकहरूको पूँजी बढी भएकाले पनि सेयर मूल्य बढ्न नसकेको अधिकांशको टिप्पणी छ । नाफा नकमाएकै भएपनि कम पूँजी भएको कम्पनीको सेयर किन्न लगानीकर्ता आकर्षित भएपछि प्रफर्मेन्स राम्रै भएका कम्पनीको पनि सेयर मूल्य घट्ने गरेको छ ।
सोमबारको बजार मूल्यलाई हेर्दा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम सेयर मूल्य सेञ्चुरी कमर्शियल बैंक लिमिटेडको रहेको छ । गत सोमबार बैंकको सेयर मूल्य २१४ रुपैयाँ कायम भएको थियो ।
यस्तै कम सेयर मूल्य हुनेमा कुमारी बैंक रहेको छ । जसको सेयर मूल्य २१८ रुपैयाँ रहेको छ ।
यस्तै सिभिल बैंकको सेयर मूल्य २१८.९ रुपैयाँ, एनसीसीको सेयर मूल्य २२७.५ रुपैयाँ, मेगा बैंकको सेयर मूल्य २३०.६ रुपैयाँ, सन्राइजको सेयर मूल्य २३२.५ रुपैयाँ, लक्ष्मी बैंकको सेयर मूल्य २३३.३ रुपैयाँ, अफ काठमाण्डूको सेयर मूल्य २४० रुपैयाँ, सिटिजनन्सको सेयर मूल्य २४८.५ रुपैयाँ, प्रभुको सेयर मूल्य २६० रुपैयाँ, माछापुच्छको सेयर २७७ रुपैयाँ, प्राइम कमर्सियल बैंकको सेयर मूल्य २८८ र ग्लोबल आइएमईको सयेर मूल्य २९८ रुपैयाँ रहेको छ ।