७ मंसिर, २०८१ शुक्रबार
06:52:09 PM
२१ बैशाख, २०७९
बुधबार प्रि ओपन सेसनमा १ लाख ५८ हजार १३३ रुपैयाँ बराबरको ४३० कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (बैशाख २१ गते बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.०६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ४८.७३ अंक घटेर २३०७.४५ विन्दुमा बन्द भएको नेप्से आज (बुधबार) सो सेसनमा ३.०६ अंकले बढेर २३१०.५१ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १ लाख ५८ हजार १३३ रुपैयाँ बराबरको ४३० कित्ता सेयर खरिदबिक्री भएको छ। निरन्तर घटिरहेको सेयर बजार सो सेसनमा थोरै अंकले बढेको छ । यसले लगानिकर्ताहरुमा झिनो आसा पलाएको छ ।
निरन्तर बजार घटेर निराश बनिरहेका लगानिकर्ताहरुलाई आजको दिन कस्तो होला बजार भन्ने चासोको बिषय बनेको छ । सुरुमा सकारात्मक माहोल देखिएकाले आज सेयर बजार बढ्ने सम्भावना रहेको छ ।