३० कार्तिक, २०८१ शुक्रबार

09:22:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, यी प्रस्ताव पारित हुँदै

२० बैशाख, २०७९

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते बुक क्लाज गरेको छ । त्यसैले वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, यी प्रस्ताव पारित हुँदै

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा भोलि (बैशाख २१ गते बुधबार) हुँदैछ । कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजदेखि सुरु हुनेछ । सभाले ६ प्रतिशत बोनस सेयर र ०. ३१५८ प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले चालु आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, अन्य कम्पनीहरुसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते बुक क्लाज गरेको छ । त्यसैले वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।