२० बैशाख, २०८१ बिहिबार

04:39:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुस युक्रेन युद्धले अफ्रिकामा आर्थिक तथा खाद्य संकटः राष्ट्रसंघ

Nepal Business

२० बैशाख, २०७९

युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ ।

रुस युक्रेन युद्धले अफ्रिकामा आर्थिक तथा खाद्य संकटः  राष्ट्रसंघ

सिन्ह्वा । रूस–युक्रेन द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी देशहरूमा संकट देखिएको बताउनु भएको छ । उहाँले भन्नुभयो युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।

उहाँले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ ।

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तरराष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गर्नु भयो ।

उहाँले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।