७ मंसिर, २०८१ शुक्रबार
08:54:25 AM
२० बैशाख, २०७९
कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १ सय रुपियाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाउने भएको छ । कम्पनीको सञ्चालक समितिको बैशाख १९ गते सोमबार बसेको बैठकले आउँदो जेठ १३ गते आफ्नो १७ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा कास्कीको पोखरास्थित घारीपाटनमा रहेको आभ्या क्बलमा बिहान ११ बजेदेखी सुरु हुने छ । हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १ सय रुपियाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले गत कात्तिक २९ गते नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्ने छ ।