३० कार्तिक, २०८१ शुक्रबार

09:51:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने म्याद थप

२० बैशाख, २०७९

बैशाख २१ गते बुधबार बैकिङ समयसम्म आवेदन दिन सकिने

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीको अवतरित सेयर बिक्री गर्ने समय पुन थप गरेको हो । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले सो समयमा बिक्री हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता सेयर बैशाख १२ गते देखि लिलामीमा ल्याएको हो । कम्पनीले एक सूचना प्रकाशित गर्दै हकप्रद सेयरमा आवेदन दिने समय बैशाख २१ गते बुधबार बैकिङ समयसम्म हुने जनाएको हो ।

बैशाख २० गते आवेदन दिने अन्तिम दिन भनिएको भएपनि आज(बैशाख २० गते मंगलबार) ईदको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिए पछि आवेदन दिने मिति १ दिन थप भएको हो । उक्त सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।