७ मंसिर, २०८१ शुक्रबार

06:42:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिभर फल्स पावरले आइपीओ निष्काशन गर्दै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Nepal Business

२० बैशाख, २०७९

संस्थापक तर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आइपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ

रिभर फल्स पावरले आइपीओ निष्काशन गर्दै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले वैशाख २८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ  बिक्रि गर्ने भएको हो । 

कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता १०० अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको कमपनीले जानकारी दिएको छ । 

कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको कम्पनीको भनाई छ ।

यी बाहेक बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारणले यो आइपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म बिक्री खुला हुने कम्पनीले जनाएको छ । 

तर पछिल्लो समय आइपीओमा परेको आवेदनको प्रवृति हेर्दा यो आइपीओ छिटा अवधिभित्रै बिक्री हुने सम्भावना देखिन्छ ।

खरीद कर्ताहरुले यो आइपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ।

साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल संस्थापक तर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आइपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले स्थानीयमा १० प्रतिशत सेयर बिक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो।