७ मंसिर, २०८१ शुक्रबार

06:59:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

२० बैशाख, २०७९

नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा २ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा हिजो (सोमबार) समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो । त्यस्तै, नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएको हो ।